तनहुँमा पौडेलद्धारा पुनः मतदानको माग

  २०७४ मंसिर २४ गते १६:२८     विकासन्युज

तनहुँ । नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनःमतदानको माग गरेका छन् ।

माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल दुई हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत हालिएको भन्दै पौडेलले पुनः मतदानको माग गरेका हुन् । मुचुल्का गरिएको भन्दा बढी मत देखिएकोे उनले बताएका छन् ।

सोही मतगणनाबमोजिम बिना विभागीय मन्त्री एवं माओवादी प्रदेशसभाकी उम्मेदवार आशा कोइराला पाँच मतले विजयी भएपछि पौडेलले उक्त परिणाम आफूले स्वीकार नगर्ने जानकारी दिएका छन् ।

“फर्जी मत हालिएकाले सो परिणाम मैले स्वीकार गर्ने कुरै हुदैन पौडेलले भने” निर्वाचन अधिकृत समक्ष ती केन्द्रमा पुनः मतदान हुनुपर्ने माग राख्दै निवेदन दिएको उनले बताए ।

कोइरालाले १६ हजार ६४६ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले पाँच मत कम १६ हजार ६४१ मत पाएका थिए। पौडेलका सर्मथकले पुनःमतदानको माग गर्दै दमौली बजारमा नारावाजी गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.