जितेन्द्र अरोरा बने स्ट्याण्डर्ड चाटर्ड बैंकको नयाँ अध्यक्ष

  २०७४ मंसिर २४ गते १६:०४     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको अध्यक्षमा जितेन्द्र अरोराले सपथ ग्रहण लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट अध्यक्षको सपथ ग्रहण गरेका हुन् । अरोरालाई नै बैंकको कम्पनी सचिवको जिम्मेवारी पनि दिइएको छ ।

अनन्थ नारायणको कार्यकाल पुरा भएपछि स्ट्याण्डर्ड चाटर्ड बैंकले अरोरालाई अध्यक्ष बनाएको हो । सन २००१ मा बैंकमा प्रवेश गरेका अरोराले आसियान तथा दक्षिण एसियाको क्षेत्रिय प्रमुखका साथै कमर्सियल बैंकिङको ग्लोबल हेडका रुपमा ९ देशहरुको जिम्मेवारी सम्हालिरहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.