डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेस

  २०७४ मंसिर २३ गते १२:४९     विकासन्युज

डडेल्धुरा । डडेल्धुरामा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले अग्रस्थानमा रहेका छन् । प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याएका छन्, भने उनलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहेका छन् ।

प्रदेश एकमा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा छ हजार २९५ मत ल्याएर अगाडि छन् भने उनलाई काँग्रेसका रघुवर भट्टले चारहजार ५०२ मतले पछ्याइ रहेका छन् । प्रदेश २ मा नेपाली काँग्रेसका उम्मेदवार कर्ण मल्ल पाँचहजार ४१७ मतले अगाडि छन् भने उनलाई वाम गठबन्धनका तारा जोशीले चार हजार २९७ मतल्याएर पछ्यारहेका छन् ।

दुईवटा प्रदेश रहेको डडेल्धुरामा प्रदेश–(क) मा वामका उम्मेदवार अगाडि रहेका छन् भने प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार कर्णमल्ल अगाडि रहेका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.