परीक्षामा मात्र २ अंक पाएपछि विद्यार्थीले दिए उजुरी, प्रहरीले थाल्यो छानबीन

  २०७४ मंसिर २२ गते १६:३४     विकासन्युज

मुम्बई । भारतको मुम्बई विश्वविद्यालयमा कानुनका मंदार नामका एक विद्यार्थीले परीक्षामा दुई अंक मात्र पाएपछि प्रहरीमा उजुरी दिएका छन् । मंदारले लापरवाहीको आरोप लगाउँदै विश्वविद्यालयका पूर्व कुलपति सञ्जय देशमुखविरुद्ध उजुरी दिएका हुन् ।

उनका अनुसार उत्तरपुस्तिकालाई हराएपछि उनलाई कम मार्क्स दिइएको छ । मंदार पान्डे ब्याचलर अफ लिगल साइन्सेस एण्ड ब्याचलर अफ लका विद्यार्थी हुन् । उनले गत १९ मे मा फ्यामिली ल पेपर दिएका थिए । उनका अनुसार उनले पूरा पेपर मुख्य उत्तर पुस्तिकामा लेखेपछि अतिरिक्त कापी थपिएको थियो ।

जब परीक्षाको नतिजा आएपछि उनलाई तनाव भयो । त्यसपछि उनले उत्तर पुस्तिकाको प्रतिलिपी मागे । उनका अनुसार अतिरिक्त कापीको मात्र फोटोकपी प्राप्त भयो, मुख्य उत्तर पुस्तिकाको छैन । अतिरिक्त कापीमा उनको मार्क्स जम्मा २ छ ।

उनले कपीलाई पुन जाँचका लागि आवेदन पनि दिए । तर उनलाई कुनै उत्तर प्राप्त भएन । त्यसपछि उनले मुम्बई प्रहरी कार्यालयमा उजुरी दिए । उनका अनुसार यती कम अंक पाएपछि उनको रेकर्ड बिग्रिएको छ । मुम्बई प्रहरीले छानबीनको प्रकृया अघि बढाएको नभभारतटाइम्सको अनलाईन संस्करणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.