विश्व बैंकद्धारा आठ अर्ब ऋण स्वीकृत, पशुपालन नवप्रवर्तन परियोजनामा खर्च गरिने

  २०७४ मंसिर २२ गते १६:०७     विकासन्युज

काठमाडौं । विश्व बैंकले पशुपालन नवप्रवर्तन परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिब रु आठ अर्ब ऋण प्रदान गर्ने भएको छ ।

नेपाल सरकारको कृषि विकास रणनीतिमार्फत दिगो कृषि विकास, आर्थिक वृद्धि, गरिबी छटाउने र पोषण एवं खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य प्राप्तिमा उक्त परियोजनाले सघाउने छ ।

बैैंकको वासिङ्टनस्थित प्रधान कार्यालयबाट प्राप्त जानकारीअनुसार बैंकले उक्त ऋण रकम आज स्वीकृत गरेको हो । परियोजनाबाट दुईसय ७१ नगरपालिकाका दुईलाख पशुपालक किसान लाभान्वित हुनेछन् ।

परियोजनाबाट मूलभूत रुपमा महिला र पाँचसय वटा साना तथा मझौला कृषि उद्यमलाई समेत फाइदा पुग्नेछ । नेपालका ७० प्रतिशत किसानले पशुपालन गरे पनि दूध, दुग्धजन्य पदार्थ र मासुको माग बढिरहेको छ । मागअनुसार आपूर्ति हुन सकेको छैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.