नेपालका लागि इण्डोनेशियाका राजदूत सोमार्नोद्धारा ओहोदाको प्रमाणपत्र पेश

  २०७४ मंसिर २२ गते १५:१९     विकासन्युज

काठमाडौं । नेपालका लागि इण्डोनेशियाका राजदूत रिना प्रित्यासमियर्सी सोमार्नोले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक विशेष समारोहमा राजदूत सोमार्नोले ओहोदाको प्रमाणपत्र पेश गरेकी हुन् । सोमार्नो नेपालका लागि इण्डोनेशियाको गैरआवासीय राजदुत हन् ।

इण्डोनेसियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले सोहि अवसरमा इण्डोनेशिया-नेपालको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् । साथै, उनले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि आफू लागि परेको बताएका छन् । त्यस्तै, दुई मुलुकबीचको जनस्तरको सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतको कार्यालयबाट प्रयास भइरहेको उनले जनाए ।

राजदूत सोमार्नोले नेपालसँगको सम्बन्धलाई आफ्नो मुलुकले उच्च प्राथमिकतामा राखेको बताए ।

उक्त समारोहमा संवैधानिक नियोगका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, उद्योगपति, व्यापारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.