एमाले कार्यकर्ताद्धारा भक्तपुरको बालकोटमा मतदानकेन्द्र नजिक तोड्फोड, मतदाता आतंकित

  २०७४ मंसिर २१ गते १२:५४     विकासन्युज

बालकोट। भक्तपुर जिल्लाको बालकोट स्थित गणेश आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्र नजिक एमालेका कार्यकर्ताहरुले सर्वसाधरणको घरमा ढुंगामुढा गरी घरको झ्याल तोड्फोड गरेका छन् ।


नेपाली कांग्रेसबाट नगरप्रमुखको उम्मेदवार बन्नुभएका विष्णु खत्रीले दिनुभएको जानकारी अनुसार नेपाली कांग्रेसका मतदातालाई आतंकित गरेर मतदानकेन्द्र जानबाट रोक्ने र आफ्ना समर्थक मतदाताहरुको मत खसाल्ने नियतले एमालेका कार्यकर्ताहरुले नियोजित रुपमा सो घट्ना गरेका हुन् ।

घट्नामा संलग्न व्यक्तिहरु भक्तपुर क्षेत्र नं २ का एमाले उम्मेद्वार महेश बस्नेत निकट भएको बताइन्छ । घट्नामा संलग्न मध्ये केहीलाई प्रहरीले पक्राउ गरेको छ । तर उनीहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । मतदान केन्द्रमा अहिले तनाव छ ।

तर एमालेबाट प्रतिनिधिसभाकाे उम्मेदवार महेश बस्नेतले काँग्रेस कार्यकर्ताकाे उदण्डताका कारणा साे क्षेत्रमा तनाव भएकाे बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.