कतारमाथिकाे नाकाबन्दीले साउदी अरब, बहराइन, इजिप्ट र यूएईलार्इ व्याकफायर

  २०७४ मंसिर २० गते १९:३१     विकासन्युज

दोहा । कतारमा उसका छिमेकी अरब मुलुकले केही महिनायतादेखि आर्थिक नाकाबन्दी जारी नै राखेका छन् । तर पनि यसबाट कतारको आर्थिक वृद्धिमा कुनै असर नपरेको बताइएको छ ।

कतारको वृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले जानकारी दिए । उनले छिमेकी मुलुकहरूमा नाकाबन्दी कायमै रहेका बेला पनि कतारमा नाकाबन्दी नरोकिएको जनाए ।

गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जीसीसी) मा पर्ने देशहरूमध्ये कतारमा विगतका वर्षहरूको तुलनामा नै यस वर्ष पनि सबैभन्दा धेरै आर्थिक वृद्धि भएको बताए ।

कतारका सरकारी समाचार संस्थाहरूले सो जानकारी दिएको पनि बताइएको छ । कतारका छिमेकी देशहरूले नाकाबन्दी गरिरहेका बेलामा पनि यहाँको आर्थिक वृद्धिमा कुनै कमी नआएको उनलाई उद्धृत गर्दै दिइएको समाचारमा उल्लेख गरिएको छ ।

गभर्नर अल थानीले आगामी वर्ष आर्थिक वृद्धिदर अझ बढ्ने बताए । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक वृद्धि दर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उनले जानकारी दिए ।

आन्तरिक राजनीतिक विवादका कारण साउदी अरब, बहराइन, इजिप्ट र युनाइटेड अरब इमिरेट्स् (यूएई) ले गएको जुन महिनादेखि नै कतारमाथी कूटनीतिक समस्या देखाएर नाकाबन्दी गरेका जारी राखेका छन् । तर त्यसका नकारात्मक असर कतारलार्इ भन्दा सम्बिन्धत देशहरूलार्इ हुन थालेकाे विज्ञहरूले अाैल्याउन थालेका छन् ।

कतारले आतङ्कवादी र अतिवादीहरूलाई सहयोग गरेको, उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउँदै लगेको लगायतका आरोप ती छिमेकी देशहरूको छ ।

नाकाबन्दी लगाएका देशहरूले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए । त्यसमा इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने पनि उनीहरूको माग छ । तर ती १३ बुँदे शर्तमा कतारले सम्झौता नगरेपछि नाकाबन्दी अझै पनि कायमै रहेको छ । रासस/सिन्ह्वा
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.