बिहेका लागि गरगहना किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान पुर्‍याउनुहोस्

  २०७४ मंसिर २० गते १५:२३     विकासन्युज

काठमाडौं । विवाहमा मेकअप र पहिरनसँगै गरगहनापनि प्राथमिकतामा पर्न थालेको छ । त्यसैले विवाहको सिजनमा सुनका गहनाको माग बढ्ने गरेको छ । भरपर्दो लगानीका साथमा सौन्दर्यका लागि पनि उपयोगी हुनेभएकाले विवाहमा सुनको आकर्षण छ । यद्यपि विवाहका लागि गहना किन्दा ध्यान पुर्‍याउनु अत्यन्त आवश्यक छ ।

गहनाको मूल्य सुनको भाउसँगै यसको शुद्धता, बनावटको शुल्क, सुनको तौल र करको आधारमा तय गरिन्छ । ज्वेलरी पसलद्वारा बताइने सुनको मूल्य त्यसको गुणमा निर्भर रहन्छ । त्यसैले कुनै गहना छनौट गर्नुपूर्व उक्त गुणस्तरको सुनको मूल्यबारे जानकारी लिनुपर्छ ।

आजभोली कुनै गहनमा कृत्रिम हीरा, अर्ध-मूल्यवान पत्थर तथा कृत्रिम रंगीन पत्थर जडान गरिएको पाइन्छ । गहनाको तौलमा यस्ता पत्थरहरुको पनि तौल हुन्छ । त्यसैले ज्वेलरले सुनको मूल्य र त्यसमा जडित पत्थरको भाउ अलग्गै देखाउनुपर्छ । त्यसैको आधारमा मेकिंग चार्ज र करको गणना गर्नुपर्छ । केही ज्वेलरमा गहनाको कुल तौललाई वास्तविक तौल बताउछन् र त्यसै आधारमा मूल्य निर्धारण गर्छन् । यसले गहनालाई अनावश्यक महंगो बनाउछ ।

मेकिंग चार्ज एउटा अर्को महत्वपूर्ण पक्ष हो । यो तपाईंको बिलमा पनि राखिएको हुन्छ । केही ज्वेलर बिलमा प्रति ग्राम सुनमा निर्धारित दरमा मेकिंग चार्ज लिन्छन् भने केही ज्वेलरले कुल तौलको निश्चित प्रतिशतका आधारमा लिन्छन् । यसले मेकिंग चार्जमा निकै ठुलो अन्तर आउछ ।

गहना र लगानी दुवै उद्देश्यका साथ सुन खरीद गर्दा अधिक शुद्धता हेर्नु अत्यन्त जरुरी छ । लगानी गर्ने मात्र सोचले गहना किन्नुपर्दा पत्थर जडित गहनालाई निषेध गर्नु नै बुद्धिमानी हुन्छ । किनभने न्यून गुणस्तरको पत्थरको भाउ पछि शुद्ध सुनमा पाइने मूल्यको भाउमा कसैले पनि दिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.