सिद्धार्थ बैंकको थप तीन नयाँ शाखा सञ्चालनमा, शाखा सङ्ख्या ८० पुग्यो

  २०७४ मंसिर २० गते १४:४९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार(आज) मात्रै नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा आफ्नो शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

उक्त नवविस्तारित शाखा कार्यालयहरु मार्फत् बैंकले सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । साथै, यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विस्वस्त रहेको छ ।

हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

आर्थिक वर्ष २०७४/०७५ को कार्तिक मसान्तसम्म बैंकले कुल निक्षेप ७८ अर्ब ४६ करोड रुपैयाँ र कर्जा लगानी ७१ अर्ब ७८ करोड रुपैयाँ परिचालन गरेको छ । सोहि अवधीमा बैंक ८६ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार(आज) नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा आफ्नो शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो ।
उक्त नवविस्तारित शाखा कार्यालयहरु मार्फत् बैंकले सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । साथै, यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विस्वस्त रहेको छ ।

हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को कार्तिक मसान्तसम्म बैंकले कुल निक्षेप ७८ अर्ब ४६ करोड रुपैयाँ र कर्जा लगानी ७१ अर्ब ७८ करोड रुपैयाँ परिचालन गरेको छ । सोहि अवधीमा बैंक ८६ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.