मुक्तिनाथ विकास बैंकको पुस ७ गतेदेखि बुक क्लोज, वार्षिक साधारणसभामा जाँदै

  २०७४ मंसिर २० गते १३:३१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको आगामी पुस ७ गतेदेखि १९ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

बैंकको आगामी वार्षिक साधारणसभा पुस १९ गते हुँदै छ । उक्त सभाले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।

सञ्चालक समितिले सेयरधनीलाई २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.