स्पर्स लघुवित्तको शाखा प्रबन्धकहरुको लागि ३ दिने तालिम सम्पत्र

  २०७४ मंसिर २० गते १३:०१     विकासन्युज

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको लागि ३ दिने सफ्टवेयर सम्बन्धी तालिम सम्पन्न गरेको छ । लघुवित्त कार्यक्रम संचालन सम्बन्धी समस्याहरु निराकरण गर्ने, सफ्टवेयरको समस्यामा सहजिकरण गर्ने तथा त्रैमासिक लक्ष्य र प्रगती सम्बन्धमा समिक्षा गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

तालिममा वित्तीय संस्थाका संचालकहरु राम बहादुर क्षेत्री, राजुराम अधिकारी, रविन सुवेदी, सुरेन्द्र न्यौपाने लगायतले वित्तीय संस्थाको स्थापनाको उद्देश्य माथि प्रकाश पार्दै शाखा प्रबन्धकहरुलाई उत्प्रेरित गर्न विभिन्न भनाईहरु राखेका थिए ।

कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाले नेपालमा हाल ५३ वटा लघुवित्त संचालनमा रहेको, २५ वटा गैर सरकारी संस्थाहरुले पनि लघुवित्त कार्यक्रम गरेको, करिब १० वटा जति अन्तिम स्वीकृति पाउने पर्खाइमा रहेको बताए । साथै, राष्ट्र बैंकले पुनः अरु ६० वटा लघुवित्तहरुलाई लाइसेन्स प्रक्रिया खोल्ने तयारी गरिरहेको उनले बताए । त्यस्तै, हरेक क्षेत्रमा चुनौती रहेको र चुनौती सँगै जहिले पनि अवसर जोडिएर आउने भएकोले चुनौतीलाई होसीयारी पुर्वक स्वीकार गर्दै अवसरको सदुपयोग गर्न अध्यक्ष माथेमाले सुझाव दिएका छन् ।

कार्यक्रमको दोश्रो दिन कर्जा तथा अनुगमन विभाग प्रमुख हरिशरण गिरीले शाखाहरुको लक्ष्य तथा प्रगती समिक्षा संचालन गरेका थिए भने सिनर्जीटेक सफ्टवेयरका प्रमुख सुदय महर्जनले सफ्टवेयर सँग सम्बन्धित सम्पुर्ण समस्याहरुमा दिनभरी सहजीकरण गरेका थिए ।

त्यस्तैगरी, कार्यक्रमको तेश्रो दिन वित्तीय संस्थाका विभागीय प्रमुखहरु ऋषभ सुवेदी, पबन बराल र बिनोद पराजुलीले आफ्नो आफ्नो विभागसँग सम्बन्धित प्रस्तुतीहरु दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.