भोलिदेखि कुवेत-काठमाडौं-कुवेत सिधा उडान, साताको ६ दिन हुने

  २०७४ मंसिर १९ गते १६:५५     विकासन्युज

काठमाडौं । भोलिदेखि कुवेत-काठमाडौं-कुवेत सिधा उडान शुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत-काठमाडौं प्रत्यक्ष उडान शुरु गर्न लागेको हो ।

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं-कुवेत सिधा उडानबाट नेपाल-कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.