राहुल गान्धी भारतीय काँग्रेसका अध्यक्ष पक्का

  २०७४ मंसिर १९ गते १८:०३     विकासन्युज

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुनुहुने निश्चित भएको छ ।

सो पदमा उम्मेदवारी उनको मात्र परेको छ । सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुनुहुने निश्चित भएको हो ।

हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष छिन् । सोनियाले १९ वर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छिन् ।

स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन् ।

यस अघि पनि राहुल गान्धी ५ वर्षदेखि पार्टीको उपाध्यक्ष थिए ।

आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो ।

सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुनुहुने निश्चित भएको बताइएको छ ।

सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राखेको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.