टाइमले सार्वजनिक गर्‍यो ‘२०१७ का १० शक्तिशाली व्यक्ति’, ट्रम्पदेखि किम जोङसम्म बने वर्ष व्यक्ति

  २०७४ मंसिर १९ गते १६:३६     विकासन्युज

टुडे । टाइम म्यागजिनले सन् २०१७ का उत्कृष्ट १० वर्ष व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । पछिल्लो वर्ष समाचारलाई प्रभावित पार्ने व्यक्तित्वहरुलाई सूचीकृत गर्दै टाइमले १० जनाको नाम सार्वजनिक गरेको हो ।

विश्वकै शक्तिशाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुचीमा परेका छन् । गत वर्ष पनि उनी यो सूचीमा पर्न सफल भएका थिए । दुई साता अघि मात्र ट्रम्पले उक्त पदावीका लागि टाइमको प्रस्ताव अस्विकार गर्ने घोषणा गरेका थिए । यद्यपी टाइमले यो कुरा झुटो भएको दाबी गरेको छ ।

यो म्यागजिनले अर्का उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनलाई पनि सूचिकृत गरेको छ । ट्रम्पले उनलाई ‘सानो रकेट म्यान’ को उपनाम दिएका थिए । उनले लगातारको मिसाइल परिक्षणपछि विश्वयुद्धको भय फैलिएको छ ।

यो सूचीमा एमेजनका सिईओ जेफ बेजोस पनि परेका छन् । यो वर्षका विश्वकै धनीको सूचीमा परेका उनले संसारमै खुद्रा कारोबारमा राज गरेका छन् ।

त्यस्तै ३२ वर्षे साउदी अरबका राजकुमार मोहम्मद बीन सलमान पनि यो सूचीमा परेका छन् ।

अर्को तर्फ चीनका राष्ट्रपति सि जिनपिङ पनि सूचीकृत भएका छन् । उनलाई चीनमा दोस्रोपटक पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल दिइएको छ र कम्युनिष्ट पार्टीको विधानमा नै उनलाई मुलुकको शताब्दीकै शक्तीशाली राष्ट्रपतीका रुपमा अभिलेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.