पाँंच दिने नेपाल चेम्वर एक्स्पो सकियो, पाँंच करोड भन्दा बढीको कारोबार

  २०७४ मंसिर १८ गते १७:५८     विकासन्युज

काठमाडौ । पाँंचदिने नेपाल चेम्वर एक्स्पो २०७४ सोमबार सम्पन्न भएको छ । ५० हजार भन्दा बढीले अवलोकन गरेकाे उक्त एक्स्पोमा पाँंच करोड भन्दा बढीको कारोबार भएको छ ।

एक्स्पो संयोजक राष्टभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीहरुको अर्डर बढी भएको जानकारी दिए । साथै निर्माण सामाग्रीका रुपमा रहेका भूकम्पप्रतिरोधात्मक प्यालनलहरुको अर्डर वढी देखिएको संयोजक चाकुवजीले जनाए ।

मेलामा सर्वसाधारणहरु विशेष रुपमा झुमिएका थिए । उनीहरु विशेष गरेर जाडोको मौसममा चाहिने ज्याकेट लगायतका लुगाफाटा खरिद गर्नेमा बढी भीड देखिएको थियो ।

एक्स्पोमा अटोमोवाइल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, फलोरिंग एण्ड फर्निसिंग, होम अप्लाइन्स, फेशन वेयर, मोवाइललगायतका दुई सय २५ वटा स्टलहरु राखिएका थिए । एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको थियो ।

चेम्वरले गरेको यो तेश्रौ एक्स्पो हो । चेम्वरले प्रत्येक वर्ष यस्ता अन्तराष्टिय एक्स्पो गर्दै आएको छ । यस पटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाएको थियो भने थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.