अब घरमै बसेर लिनुस् वैदेशिक शिक्षाको जानकारी, अल्फाबिटाले ल्यायो मोबाइल एप

  २०७४ मंसिर १८ गते १४:२८     विकासन्युज

काठमाडौं । अल्फाबिटा कन्सल्टेन्सी प्रालीले अल्फाबिटा मोबाइल एप सार्वजनिक गरेको छ । आइतबारदेखि कल्सल्टेन्सी यो एप सञ्चालनमा ल्याएको हो ।

एपमा अल्फाबिटा कन्सल्टेन्सीबाट वैदेशिक शिक्षाका लागि प्रक्रिया अघि बढाइएका विद्यार्थीहरुले आफ्नो प्रक्रिया कहाँसम्म पुगेको छ भन्ने कुरा घर बसी बसी बुझ्न सकिने सेवा रहेको छ । विद्यार्थीको सहजतालाई ध्यानमा राखेर उक्त मोबाइल एप सञ्चालनमा ल्याएको कन्सल्टेन्सीले जनाएको छ ।

एपबाट विद्यार्थीहरुले आयल्ट्स, पिटिइ, जिआरइ, जिम्याट, एक्ट लगायतका कक्षाहरुका साथै विद्यार्थीले विभिन्न विश्वविद्यालयका बारेमा बुझ्न र उपलब्ध छात्रवृत्तिको बारेमा जानकारी लिनसक्ने कन्सल्टेन्सीले जानकारी दिएको छ ।

यो कन्सल्टेन्सीले २६ वर्षदेखि वैदेशिक अध्ययनको सेवा प्रदान गरिरहेको छ । नेपालका कन्सल्टेन्सीमा अल्फाबिटाले पहिलोचोटी एप सार्वजनिक गरेको कन्सल्टेन्सीको दाबी छ । यो एप अल्फाबिटाका विद्यार्थीबाहेक वैदेशिक शिक्षाका लागि इच्छुक जोकोही विद्यार्थीका लागि पनि उपयोगी छ ।

अल्फाबिटा एपका लागि एन्ड्रोइडका प्रयोगकर्ताले प्लेस्टोरमा गएर निशुल्क एप डाउनलोड गर्नसक्छन् । आइओएसका लागि छिट्टै एप उपलब्ध गराउने तयारीमा रहेको कन्सल्टेन्सीले जनाएको छ । यस एपबाट विद्यार्थीलाई वैदेशिक शिक्षा, भाषा कक्षा र प्रवेश परीक्षाको तयारीबारे बुझ्न मद्दत पुग्ने कन्सल्टेन्सीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.