लामखुट्टेले टोक्दा एड्स सर्छ कि सर्दैन ? यस्ता छन् एचआईभी सम्बन्धी तथ्यहरु

  २०७४ मंसिर १५ गते १२:५२     विकासन्युज

एड्स र एचआईभीको विषयमा मानिसमा निकै दुविधा हुने गरेको छ । यसको बारेमा जानकारी हुनु निकै आवश्यक छ । एचआईभी एउटा भाइरस हो जसको संक्रमण सिधै रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) मा पर्दछ । यदी यसको उपचार सही समयमा भएन भने मानिसको इम्युन सिस्टम पूर्णरुपमा खराब हुनसक्छ । यिनै मानिसमा एचआईभी फैलिनेबारेमा कति भ्रमहरु हुन्छन् ।

यस्तो गर्दा एचआईभी सर्दैन

अंकमाल गर्दा, हात मिलाउदा, ट्वाइलेट साझेदारी गर्दा, सँगै खादाँ वा नजिकै मुख ल्याउदा तथा चुम्बन गर्दा एचआईभी सर्दैन । यसबाहेक लार, आँसु, पसीना (शरीरमा एचआईभी संक्रमित व्यक्तिको नमिसिएको), लामखुट्टे वा अन्य कुनै परजीवी प्राणीले रगत चुस्दा पनि एचआईभी सर्दैन ।

कसरी सर्छ एचआईभी

एचआईभी विशेष किसिमको शरीरबाट निस्कने तरल पदार्थ, रगत, सीमेन, प्री-सेमिनल फ्लूइड, रेक्टल फ्ल्युड, वजाइनल फ्ल्युड्स या एचआईभी संक्रमित महिलाको स्तनबाट निस्किएको दुध बाट दोस्रो व्यक्तिको शरीरमा पुग्न सक्छ । अधिकांश मानिसमा एचआईभी असुरक्षित यौनसम्पर्क वा सिरिन्जमार्फत फैलन्छ । एचआईभी संक्रमित आमाले बच्चाहरुमा पनि यो संक्रमण फेलाउन सक्छ ।

एचआईभीका बारेमा केही तथ्य

-एचआईभी एक भाइरस हो जसले इम्यून सिस्टममा आक्रमण गर्दछ । एचआईवी संक्रमणको अन्तिम चरणमा शरीरमा थुप्रै रोगको लक्षण देखापर्छ, जसालाई एड्स भनिन्छ ।

-एचआईभी संक्रमण भयो भने एड्स पनि लाग्छ । यद्यपी उपचार कति चाडो भयो, त्यसमा निर्भर गर्छ ।

-एचआईभीको संक्रमणबाट बच्ने सबैभन्दा अचुक उपाय कन्डोमको प्रयोग हो ।

-ड्रग्सको प्रयोगका लागि सधै सफा नीडलको प्रयोग गर्नुपर्छ ।

(स्रोत – नवभारतटाइम्स)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.