बिहीबारदेखि ‘नेपाल चेम्बर एक्स्पो २०७४’ शुरु, नेपालसहित विभिन्न आठ देशको सहभागिता

  २०७४ मंसिर १३ गते १७:११     विकासन्युज

काठमाडौं । बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०७४’ सुरु हुने भएको छ । उक्त एक्स्पोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहने जनाइएको छ ।

नेपाल चेम्वर अफ कमर्सले बुधबार पत्रकार सम्मेलन गरी एक्स्पो हुने जनाएको हो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेकाे छ ।

कार्यक्रममा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले तेश्रौ संस्करणको रुपमा मेला हुन लागेको जानकारी गराएका छन् । साथै, उक्त मेलामा दक्षिण कोरियाले पार्टनर मुललुकको हैसियतमा सहभागिता जनाउने र थाइल्याण्ड फोकस मुलकुको रुपमा सहभागी रहने उनले बताए ।

त्यस्तै, एक्स्पोमा कुल दुई सय २५ वटा स्टलहरु रहने जनाइएको छ । नेपाल चेम्बर एक्स्पो २०१७ का संयोजक राष्ट्र भूषण चाकुबजीले मेलामा कोरियाको २३ र थाइल्याण्डका १५ वटा स्टलहरु रहने जानकारी गराइएका छन् ।

पाँंच दिनसम्म चल्ने मेलामा करिब तीन लाख भन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । उक्त मेला मंसिर १८ गते सोमबारसम्म चल्ने चेम्बरले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.