कमोडिटिज मार्केट्स सम्बन्धी नियमावली कार्यान्वयनमा, यस्ता छन् विशेषता

  २०७४ मंसिर ११ गते १७:००     विकासन्युज

काठमाडौं । कमोडिटिज मार्केट्स सम्बन्धी ऐन र नियमावली कार्यान्वयनमा आएको छ । वस्तु विनिमय वजार सम्बन्धी ऐन र सो सम्बन्धी नियमावली मंसिर ९ गतेदेखि कार्यान्वयनमा आएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ ११ गते ऐनमा लाल मोहर लगाएकी थिइन् । ऐनमै लाल मोहर लागेको ९१ औं दिनमा कार्यान्वयनमा आउने उल्लेख थियो । सोही अनुसार बोर्डले ९१ औं दिन अर्थात मंसिर ९ गतेदेखि नियमावली समेत कार्यान्वयनमा ल्याएको हो । हाल नियमनको दायरा बाहिर रहेको कमोडिटिज मार्केट्स अब बोर्डको मातहतमा आएको छ ।  नेपालको कृषि क्षेत्रको विकासका लागि कमोडिटिज मार्केट्सले ठूलो योगदान दिने अपेक्षा गरिएको छ ।

यस्ता छन् कमोडिटिज मार्केट ऐन तथा नियमावलीका बिशेषताहरु 

– वस्तु विनिमयबजार सञ्चालनगर्न कम्पनी संस्थापनागर्नु अघि संभाव्यता अध्ययनप्रतिवेदन,लगानीको स्रोत, सेयर स्वामित्व सम्वन्धी विवरण तथा वस्तुको विद्युतीय कारोबार प्रणालीको सुरक्षाका लागि व्यवस्था लगायतका विवरण सहित बोर्डवाट पूर्व स्वीकृतिको लागि निवेदन पेश गर्नुपर्ने,
– त्यस पश्चात अनुमति प्रदान गर्ने र अनुमति प्राप्त गरेको १ सय ८० दिन भित्र न्यूनतम पूर्वाधार तयार गर्नुपर्ने,
– वोर्डवाट अनुमतिपत्र लिएर मात्र वस्तु विनिमय वजार सम्वन्धी कार्य गर्न पाइने,
न्यूनतम चुक्ता पूँजी सम्बन्धी व्यवस्था निम्नानुसारको हुनुपर्नेः
-वस्तु विनिमयबजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापूँजी रु. ५० करोड,
-वेयर हाउसको रु. १५ करोड,
-राफसाफ तथा फस्र्यौट व्यवसायको रु. ७ करोड
-लगानी व्यवस्थापकको रु. ५ करोड,
-लगानी परामर्शदाताको रु. १ करोड तथा
-वस्तु कारोवार दलालको रु. ५० लाख
– देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण, वस्तु विनिमय बजार संचालन गर्न चाहिने साधन/स्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरी वस्तु विनिमय वजारलाई अनुमति दिने,
-कसैले पनि वस्तु विनिमय वजारको कूल शेयर पूंजीको ५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न नपाउने,
-वस्तु विनिमय बजारको अनुमति लिएको तीनबर्ष सम्म शेयर बिक्री गर्न नपाईने र त्यस पश्चात शेयर स्वामित्व लिएको व्यक्तिले शेयर हस्तान्तरण गर्न चाहेमा बोर्डको पूर्व स्वीकृति लिनुपर्ने,
– ऐन तथा नियमावलीले तोकएको योग्यता पूरा गरेको व्यक्तिवा संस्थाले मात्र शेयर स्वामित्व लिन सक्ने,
– विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म शेयर स्वामित्व ग्रहण गर्नसक्ने । त्यस्तो स्वामित्व ग्रहण गर्ने विदेशी रणनीतिक साझेदार वस्तु विनिमयबजार सम्बन्धी व्यवसाय संचालन गरेको न्यूनतम तीन वर्षको अनुभव हुनुपर्ने,
कारोवार गर्न सकिने वस्तुहरुको सूचि निम्न वमोजिम हुने र वोर्डले आवश्यकता अनुसार थप गर्न सक्ने,
(क) कृषिजन्यउत्पादन: कपास, अलैंची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जूट, अदुवा, बेसार, फलफुलतथा सोबाट निर्मित जुस ।
(ख) धातुजन्य वस्तुः आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंक । (ग) बहुमूल्यधातुः सुन, चाँदी, प्लाटिनम । (घ) खनिजतैलजन्य वस्तु: कच्चा तेल, पेट्रोलियनपदार्थ, प्राकृतिकग्यास, हिटिड्ड आयल । (ङ) तेल: नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्य मुखी तेल, आलसको तेल । (च) अन्य-चिनी, सख्खर, चिया, कफी, अण्डा, जडिबुटी ।

– कारोवार पूर्व वस्तु करार तयार गरी बोर्डमा दर्ता गर्नुपर्ने,
-वस्तु विनिमयबजारले कारोबार शुरु गरेको वा स्थगन गरेको जानकारी लगानीकर्तालाई दिनुपर्ने,
-बजार, व्यवसायीले विद्युतीय रुपमा कारोबार गर्न सकिने गरी  स्वचालित कारोबार प्रणाली स्थापना गर्नुपर्नेे,
– व्यवसायीले ग्राहकको स्पष्ट पहिचान हुने विवरण (केवाइसी) सहितको अभिलेख राख्नु पर्ने,
-अनुमतिपत्र प्राप्त संस्थाले बार्षिक, अर्ध बार्षिक तथा त्रैमासिक रुपमा विवरण पेश गर्नुपर्ने,
-बोर्डले नियमित रुपमा सुपरिवेक्षण तथाअनुगमन गर्ने,
-वस्तु विनिमयबजारले लगानीकर्ता संरक्षण कोष र सेटलमेन्ट ग्यारेन्ट फण्ड स्थापना गर्नुपर्ने व्यवस्था रहेको,
-ऐन, नियमावली तथा वोर्डले दिएको निर्देशन पालना नगरेमा, कारोवार रोक, अनुमति पत्र निलम्वन, खारेजी, विगो बमोजिमवा रु १० लाख सम्म जरिवानावा ५ वर्ष सम्म कैद हुन सक्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.