स्थानीय तहमा एक भोट बराबर ५ हजार, प्रदेश र केन्द्रमा कति ?

  २०७४ मंसिर १० गते १७:१८     विकासन्युज

चुनाव खर्चिलो हुदै गएको निर्वाचन आयोगले गरेको अध्ययनले देखाएको छ । पछिल्ला वर्षमा उम्मेदवारले घोषणापत्र भन्दा पनि नोटपत्रमा बढी जोड दिएका कारण चुनाव महंगो हुन गएको छ ।

आयोगले ३ चरणमा भएको स्थानिय तहको निर्वाचनमा एक भोटको मूल्य ४ हजार ९२३ रुपैयाँ परेको देखाएको छ । आयोगको यो अध्ययनले चुनाव जित्न राजनीतिक दलका उम्मेदवारले पैसाको खोलो बगाएको देखाएको छ । स्थानीय तहमा देखिएको खर्चको अवस्था हेदा काहाली लाग्दो छ । केन्द्र र प्रदेशको निर्वाचनमा यो भन्दा कयौं गुणा बढी खर्च हुने देखिएको छ । निर्वाचन आयोगका अनुसार सरकार र उम्मेदवारले एक भोट बराबर ४ हजार ९२३ रुपैयाँ खर्च गरेका छन् । जसमध्ये सरकारले मात्रै १ हजार ३ सय ९ रुपैयाँ खर्चिएको छ ।

गत स्थानीय चुनावमा ७० अर्ब रुपैयाँ खर्च भएको छ । गत स्थानीय तहको चुनावमा निर्वाचन आयोग, सरकार र उम्मेदवारबाट ६९ अर्ब ४२ करोड रुपैयाँ बराबरको खर्च भएको आयोगको जानकारी दिएको छ । यो त देखिएको हिसाव हो । अप्रत्यक्ष रुपमा उम्मेदवारले गरेको खर्चको यो भन्दा कयौं गुणा बढी छ ।

प्रतिवेदनअनुसार आयोगले स्थानीय तहको चुनावका लागि ७ अर्ब ३ करोड रुपैयाँ खर्च गरेको थियो । यसमा सरकारको खर्च १८ अर्ब ४६ करोड रुपैयाँ निस्किएको छ भने उम्मेदवार तथा तिनका दलबाट ५० अर्ब ९६ करोड रुपैयाँ बराबरको खर्च भएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहको निर्वाचनमा नगरपालिकाका वडा अध्यक्षका उम्मेदवारले मात्र २५ लाख रुपैयाँसम्म खर्च गरेको पाइएको छ ।

स्रोतका अनुसार व्यवसायीक क्षेत्रबाट उम्मेदवार बनेकाले चुनाव जित्नका लागि २५ करोड रुपैयाँ बढी खर्च गर्न तयार भएका छन् । केही साता अघि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले चुनावमा पैसाको खोलो बगाउन थालिएकाले महंगो हुन गएको बताएका थिए । आयोगले कालो धनको प्रयोग निर्वाचनमा भएको हुन सक्ने भन्दै बढी खर्च गर्ने उम्मेदवारमाथि अनुसन्धान थाल्न सम्पत्ति सुद्धिकरण विभाग र आन्तरिक राजश्व विभागलाई अनुरोध समेत गरेको छ ।

छिल्लो समया भएको भड्किलो खर्चलले अब लाखमा खर्च गर्ने उम्मेदवारले चुनाव नउठे पनि हुने दिन आएको छ । यसले गर्दा मुलुकको राजनीति पैसावालको हातमा पुग्ने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.