सानिमा क्यापिटलले ल्यायो एक अर्ब २० करोडको म्युचुअल फण्ड, प्रतिफल १२८.१५ प्रतिशत

  २०७४ मंसिर ४ गते १०:२५     विकासन्युज

काठमाडौं । सानिमा क्यापिटलले एक अर्ब २० करोडको सानिमा इक्वीटी फण्ड ल्याएको छ । सानिमाले १० रुपैंयाँ मूल्य अंकित १२ करोड ईकाईको सात बर्षे इक्वीटी फण्ड ल्याएको हो । कुल इकाईको १५ प्रतिशतले हुने एक करोड ८० लाख ईकाई सानिमा बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याईएको छ ।

लगानीकर्ताले न्युनतम १०० ईकाईदेखि अधिकतम २४ लाख ईकाईसम्म खरिद गर्न सकिनेछ । मंसिर १२ गतेदेखि १५ गतेसम्म सानिमा इक्वीटी फण्डका लागि आवेदन दिन सकिनेछ । आश्वा प्रणालीको सदस्य रहेका सबै बैंक तथा वित्तिय संस्थाहरुबाट सानिमा इक्वीटी फण्डमा लगानी गर्न सकिने व्यवस्था गरिएको छ ।

सानिमा क्यापिटलका स्किम मेनेजर जनार्दन आचार्यले ७ बर्षमा १२८.१५ प्रतिशत प्रतिफल दिने गरि इक्वीटी फण्ड तयार पारिएको बताए । पुराना र नाम चलेका कम्पनीहरुको म्युचुअल फण्डमा पनि लगानी कर्ताको ठूलो आकर्षण नदेखिएको अवस्थामा पनि सानिमाको इक्वीटी फण्ड भने सहजै बिक्ने दावी पनि उनले गरे ।

‘सानिमाको ब्राण्ड नामले पनि इक्वीटी फण्ड बेच्न समस्या हुन्न, जारी गरिएको इकाई भन्दा ठूलो मात्रामा आवेदन आउँछ भन्ने विश्वास छ, लगानी कर्ताको राम्रो रेस्पोन्स आईरहेको छ’, आचार्यले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.