राष्ट्र बैंकले २० अर्ब पठाउँदा बैंकले १ अर्ब मात्रै लिए

  २०७४ मंसिर ३ गते १८:५४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो निष्कासन गर्दा बैंकले १ अर्ब रुपैयाँ मात्र उठाएका छन् । अन्तर बैंक ब्याज दर बढेको भन्दै यसलाई हस्तक्षेप राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउन तयारी गरेकोमा मेगा बैंकले मात्र १ अर्ब रुपैयाँ उठाएको छ ।

राष्ट्र बैंकले ५ प्रतिशत ब्याज दरमा दुई साताका लागि बजारमा २० अर्ब रुपैयाँ पठाउन शुक्रबार रिपो जारी गरेको थियो । बैंकले पैसा नलगेकाले बजारमा लगानीयोग्य पुँजी (तरलता) को अवस्था सहज देखिएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार आइतबार बैंकिङ प्रणालीमा २४ अर्ब रुपैयाँ हारहारीमा तरलता छ ।

गएको शुक्रबार विभिन्न ७ वाणिज्य बैंकले ७ अर्ब ९५ करोड रुपैयाँ उठाएका थिए । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले बजारमा हस्तक्षेप गर्न शुक्रबार २० अर्ब रुपैयाँ रिपो ल्याएको थियो ।

तरलताको अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने आवश्यक पर्दा पैसा बजारमा पठाउने र बढी भएमा प्रशोचन गर्ने व्यवस्था छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत तोकिएको छ । केन्द्रीय बैंकले बजारमा बढी भएको रकम प्रशोचन र कम भए पठाउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.