गण्डकी विकास बैंकको नयाँ शाखा विरगञ्जमा

  २०७४ मंसिर ३ गते १६:४६     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैकले आफ्नो नयाँ शाखा पर्सा जिल्लाका विरगञ्जमा सञ्चालन गरेको छ । उक्त शाखाको औपचारिक उद्घाटन विरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका हुन् ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक एवं विरगंज शाखा प्रमुख रविन्द्र महर्जनले शुभकामना दिएका थिए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले बैंकको वित्तीय अवस्था, वैकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको बारेमा जानकारी दिएका थिए ।

उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटिएम, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । बैंकले निकट भविश्यमा काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा शाखा खोल्ने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.