एलजीको नयाँ टप लोड वासिङ मेसिन नेपाली बजारमा, १० वर्षको वारेण्टी

  २०७४ मंसिर ३ गते १६:२८     विकासन्युज

काठमाडौं । एलजी ब्राण्डको लागि अधिकारिक विक्रेता चौधरी समूह अन्तर्गतको सीजी इम्पेक्स प्रालिले नयाँ टप लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । कम्पनीले “द फ्यिूचर अफ वासिङ” भन्ने मुल नाराका साथ नयाँ ७ र ८ केजीका उक्त मेसिन बजारमा भित्र्याएको हो ।

कम्पनीका अनुसार यी दुई वासिङ मेसिनमा टुर्बो ड्रम जडित छन्, जसले तीन फरक किसिमले लुगा धुने गर्दछ । जसलाई कम्पनीले स्मार्ट मोसन भन्ने गरेको छ ।

यी दुई मेसिनमा स्मार्ट इन्भेन्टर मोटर जडित छन् जसमा १० वर्षको वारेण्टी रहेको कम्पनीले जनाएको छ । यो बीएमसी मोटर वाटर प्रुफ र खिया नलाग्ने खालको छ । स्मार्ट क्लोजिङ डोर भएका यी वासिङ्ग मसिनमा ३६ प्रतिशत उर्जा बचत हुने कुरा कम्पनीले जनाएको छ ।

विश्व बजार र नेपाली बजारमा अग्र स्थानमा आफ्नो पहिचान कायम राख्न सफल एलजीका वासिङ मेसिन गुणस्तरिय र इन्नोभेटिभ उत्पादनका लागि प्रख्यात छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.