सेयर बजार १३ अंकले झर्यो, नेपाल हाइड्रोका लगानीकर्ताले गुमाए ९ प्रतिशत बढी

  २०७४ मंसिर ३ गते १५:३६     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १३.३४ अंकले झरेर १४७५.७२ अंकमा अडेको छ । सो दिन बजारमा ४५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजारमा १५६ कम्पनीका ११ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन् ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.१५ प्रतिशत गुमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७८ रुपैयाँ रहेको छ । जुन रकम बिहीबारको तुलनामा २८ रुपैैयाँ घटी हो ।

सो दिन उत्पादनमूलक समूह बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बीमा समूहको परिसूचक १३४ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूह भने ६.८२ अंकले उकालो लागेका छन् ।

आइतबार सबैभन्दा बढी एभरेष्ट बैंकको ७ करोडको सेयर कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ४ प्रतिशत कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.