प्रुडेन्सियल इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयर पारित, चुक्ता पूँजी ५१ करोड पुग्ने

  २०७४ मंसिर ३ गते १५:१५     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई मंसिर १ गते सम्पन्न कम्पनीको १६औ वार्षिक साधारणसभाले पारित गरेको हो ।

बारामा सम्पन्न उक्त सभाले कम्पनीको हालको चुक्ता पुँजीमा सो मात्राको बोनस वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड ७६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ३१ लाख रुपैयाँ हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब २५ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको व्यहोरा अध्यक्ष अशाेक कुमार अग्रवालले बताएका छन् । जुन रकम अघिल्लो वर्षको तुलनामा ४४.३८ प्रतिशतले बढी हो । साथै, कम्पनीले सो अवधिमा १७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.