ज्योति विकास बैंकको नयाँ शाखा महोत्तरीमा

  २०७४ मंसिर ३ गते १४:२०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले महोत्तरी जिल्लाको रामगोपालपुर बजारमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बैंकले मंसिर १ गते रामगोपालपुर नगरपालिकाका मेयर असोककुमार मण्डल तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपका गरेका हुन् ।

कार्यक्रममा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उक्त शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने बताएका छन् ।

हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलब्ध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.