प्रदेश नम्बर १ को मुख्य मन्त्री बन्न सक्ने मान्छे हुँः जीवन घिमिरे

  २०७४ मंसिर ३ गते १२:५०     विकासन्युज

काठमाडौं । मोरङ जिल्लाको प्रतिनिधी सभा क्षेत्र नम्बर ४ को प्रदेश सभा ख मा बामपन्थी उम्मेदवार छन, नेकपा(एमाले)का केन्द्रिय सदस्य जीवन घिमिरे ।
३५ बर्षदेखि सोही क्षेत्रमा बसेर कम्युनिष्ट आन्दोलनमा सहभागी हुँदै आएका घिमिरेले बाम गठबन्धनपछि जनतामा देखिएको उत्साह र आफ्नो सक्रियताका कारण जित सुनिश्चित भएको दावी गरिरहेका छन् । ‘बाम एकताले नागरिकमा उत्साह छाएको छ र यो क्षेत्रको सामाजिक, आर्थिक र राजनीतिक काममा मैले गरेको योगदानका कारण मेरो जित सुनिश्चित भैसकेको छ’, घिमिरेले भने ।

निरन्तर जनताको बिचमा रहेको, प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्न सक्ने, विकास र समृद्धिको स्पष्ट खाका भएकाले आफुसँग कसैको प्रतिष्पर्धै नहुने दावी पनि उनले गरे । ‘म प्रदेश नम्बर १ को मुख्य मन्त्री बन्न सक्ने मान्छे हुँ, पार्टीले जिम्मेवारी दियो भने सहजै वहन गर्न सक्छु, विकास र समृद्धिको स्पष्ट योजना पनि जनतासँग राखेको छु’, घिमिरले भने ।

बिराटनगरलाई प्रदेश राजधानी बनाउने, रिङ रोड बनाउने, भारतको बथनाह–कटहरी रेलवे सम्पन्न गर्ने योजना उनले अघि सारेका छन् । प्रतिनीधि सभा ४ को प्रदेश सभा ख मा बिरानगर महानगरपालिकाको १, २, ३, ८, १० नम्बर वडाहरु र कटहरी गाउँपालिकाको १, २, ३ नम्बर वडा पर्छन् । यो प्रदेशमा काँग्रेस भन्दा बाम गठबन्धन ७ सय मतले अघि रहेको छ । प्रतिनिधी सभामा भने बाम गठबन्धनबाट माओवादी केन्द्रका अमनलाल मोदी उम्मेदवार छन् ।

‘नेपालको बामपन्थी र लोकतान्त्रिक आन्दोलनमा मेरो योगदानसँग अहिले मोरङमा उम्मेदवारी दिएका कसैको तुलना हुनै सक्दैन’, घिमिरेले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.