९९ प्रतिशत बाणिज्य बैंकको प्रति सेयर आम्दानी घट्यो

  २०७४ मंसिर ३ गते १०:१७     विकासन्युज

काठमाडौं । ९९ प्रतिशत बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी (ईपीएस) घटेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेकामध्ये ९९ प्रतिशत बाणिज्य बैंकहरुको ईपीएस घटेको हो । अधिकाँश बैंकको नाफा घटेपछि यसको असर ईपीएसमा परेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत २७ वटा बाणिज्य बैंकमध्ये सिभिल बैंकले मात्रै प्रति सेयर आम्दानी बढाएको छ । बाँकी सबै बैंकको प्रति सेयर आम्दानीमा भारी गिरवाट आएको देखिन्छ ।

प्रति सेयर आम्दानीलाई कम्पनीहरुको महत्वपुर्ण वित्तिय परिसूचक मानिन्छ । बैंक तथा वित्तिय संस्थाहरुको पुँजी बढेसँगै नाफामा पनि असर पर्दै आएको छ । धेरै बैंकले आफ्नो नाफा समेत बढाउन सकिरहेका छैनन् । तर नविल बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका सबैजसो बैंकहरुको प्रतिसेयर आम्दानी पनि ओरालो लागेपछि बैंक तथा वित्तिय संस्थाका सुनौला दिन सकिएको टिप्पणी हुन थालेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले पुँजी वृद्धि र ब्याजदरको अस्थिरताका कारण नाफा बढाउन नसकेको बताए । उनले आगामी दिनमा बैंकले लगानीकर्तालाई धेरै नाफा दिन नसक्ने संभावना देखिएको बताउछन् । बाणिज्य बैंकहरुको नाफा पनि उत्साहजनक रुपमा बढ्न सकेको देखिन्न । असोज मसान्त अवधीमा २८ वटै बाणिज्य बैंकहरुको नाफा जम्मा २८ करोड ८ लाखले मात्रै बढेको छ । २८ वटा बाणिज्य बैंकहरुले असोज मसान्तसम्ममा जम्मा ९ अर्ब ९१ करोड २३ लाख मात्रै नाफा बढाउन सकेका छन् । यीनै बैंकहरुले गत आवको पहिलो तीन महिनामा ९ अर्ब ६३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.