साझा यातायातले ल्यायो अशोक लेलैण्डका नयाँ डिलक्स बसहरु

  २०७४ मंसिर १ गते १८:१५     विकासन्युज

काठमाडौं । साझा यातायातले नेपालका लागि अशोक लेलैण्ड भेकल्सका नयाँ डिलक्स बसहरु नेपाल बजारमा ल्याएको छ । बिहीबार आईएमई मोर्टस् प्रालि र साझा यातायात सहकारी संस्थाबीच सुविधा सम्पन्न उक्त बसहरु खरिद गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा आईएमई मोर्टसका प्रमुख कार्याकारी अधिकृत कपिल शिवाकोटी र साझा यातायात सहकारीका का.मु.प्रमुख कार्याकारी अधिकृत महेन्द्र पाण्डेले हस्ताक्षर गरेका हुन् ।

कम्पनीका अनुसार उक्त बसहरुमा १८० एचपी इन्जिन, एयर सस्पेन्सन भएको लक्जेरियस बस, इन लाइन एफआईपी रहेको छ । यस बसका मुख्य विशेषता भनेको एउटा इन्जिनले एसी र गाडी एकैसाथ चल्ने, न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्नु हो ।

साथै, यस बसहरुले हाल बजारमा भएका बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा दिने छ । उक्त बसहरुमा कम लागत, आरामदायी यात्रा र सुविधा तथा नौलोपन यात्रुहरुले अनुभुती गर्न पाउने कम्पनीले जनाएको छ ।

नेपालका लागि अशोक लेलैण्ड भेकल्सको आधिकारीक विक्रेता आईएमई मोर्टस् प्रा.लि. (नेपालको एक प्रमुख व्यापारिक समूह आईएमई ग्रुपको एक भगिनी संस्था) हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.