थपियो नयाँ रेटिङ कम्पनी, केयर रेटिङलाई धितोपत्र बोर्डको लाइसेन्स

  २०७४ मंसिर १ गते १५:१३     विकासन्युज

काठमाडौं । नेपालमा कम्पनीहरुको स्तर निर्धारण (रेटिङ) को काम गर्न केयर रेटिङ नेपाल लिमिटेड सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले रेटिङको काम गर्न केयर रेटिङ नेपाललाई शुक्रबार अनुमतिपत्र (लाइसेन्स) दिएको हाे।

हाल नेपाल इक्रा लिमिटेडले मात्र कम्पनीको रेटिङको काम गरिरहेको छ । केयर समेत गरी नेपालमा रेटिङ व्यवसाय गर्ने २ वटा कम्पनी भएका छन् ।

भारतको केयर रेटिङस लिमिटेड तथा नेपाली बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र व्यवसायीक प्रतिष्ठानको संयक्त लगानीमा केयरको स्थापना भएको हो । कम्पनीले ३ करोड रुपैयाँ माथि पुँजी भएका कम्पनीको साधारण सेयर (आईपीओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चरर्स, सामूहिक लगानी कोष (म्युचल फन्ड) र अग्राधिकार सेयर निष्कासन गर्न रेटिङको काम गर्ने छ ।

कम्पनीमा केयर रेटिङस भारतको ५१ प्रतिशत स्वामित्व रहेको छ । व्यवसायीक प्रतिष्ठान विशाल ग्रुप लिमिटेडको १०, इमर्जिङ नेपाल लिमिटेडको १०, ग्लोबल आईएमई बैंक, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रमश ५/५ प्रतिशत स्वामित्व रहेको छ ।

केयर रेटिङ नेपाल गत मे मा कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भएको हो । मुनासिव र प्रतिस्पर्धी मुल्यमा नेपालमा रेटिङको काम गर्ने कम्पनीका निर्देशक विनोद आत्रेयले बताए । उनले अब कम्पनीले छिट्टै रेटिङको काम थाल्न जानकारी दिए । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा साजन गोयल नियुक्त भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.