शुक्रबार मात्रै चार कम्पनीको सेयर मूल्य समायोजन

  २०७४ मंसिर १ गते १३:५७     विकासन्युज

काठमाडौं । शुक्रबार मात्रै विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्जले एकैदिन कैलाश विकास बैंक, विजया लघुवित्त वित्तीय संस्था, माछापुच्छ्रे बैंक र समता माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले कैलाश विकास बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँ रहेको छ । जसको आधार मूल्य २९६ रुपैयाँ रहेको थियो ।

त्यस्तै, विजया लघुवित्तको पनि १० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९१ रुपैयाँ रहेको छ ।

त्यसैगरी, माछापुच्छ्रे बैंकको ९ प्रतिशत बोनस सेयर र समता माइक्रोफाइनान्सको पनि २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि माछापुच्छ्रे बैंकको सेयर मूल्य २२८ रुपैयाँ रहेको छ भने समता माइक्रोफाइनान्सको प्रतिकित्ता ४७८ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.