एभरेष्ट बैंकले ३४ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८ अर्ब नाघ्ने

  २०७४ मंसिर १ गते १२:३९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सेयरधनीलाई ३४.७४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.७४ प्रतिशत नगद गरि सो मात्राको लाभांश दिने घोषणा गरेको छ ।

उक्त घोषणा कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको बैठकलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ । ३३ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । शुक्रबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.