आइफोन ८ र आइफोन ८ प्लस शुक्रबारदेखि नेपाली बजारमा, विभिन्न तीन कलरमा पाइने

  २०७४ कार्तिक ३० गते १७:५९     विकासन्युज

काठमाडौं । एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरुको एक मात्र बितरक जेननेक्स्टले आइफोन ८ तथा आइफोन ८ प्लस शुक्रबारदेखि नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।

मंसिर १ गतेदेखि सार्वजनिक हुने उक्त फोन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने कम्पनीले जनाएको छ ।

कम्पनीले सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न आग्रह गरेको छ ।

साथै, कम्पनीले सबै ग्राहकलाई एप्पलका सक्कली उत्पादनहरुका लागिमात्र रकम खर्च गर्न र एप्पल स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउन आग्रह गरेको छ ।

बिहीबार कम्पनीद्धारा जारी विज्ञप्तिमा उक्त दुई आइफोनको मूल्य भने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.