गण्डकी विकास बैंकको विराटनगर शाखा सञ्चालनमा

  २०७४ कार्तिक ३० गते १७:१८     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले मोरङ्ग जिल्ला स्थित विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रम बीच बिराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उक्त शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेका हुन् ।

सो अवसरमा बैंकका अध्यक्ष जगन बहादुर गुरुङ्गले गण्डकी विकास बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने र मुनाफालाइ मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिदै आइरहेको बताएका छन् ।

उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटीएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । बैकले निकट भविश्यमा काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा शाखा खोल्ने तयारी भैरहेको छ ।

गण्डकी विकास बैंकले आ.व. २०७३/७४ मा संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको थियो । सोही अवधीसम्म बैंकको निक्षेप १८ अर्ब ३३ करोड, कर्जा १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।

हाल बैंकले बैंकले ५३ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ् सेवा सुविधा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.