अशोक लेल्याण्डका १० थान बसले अब चक्रपथ परिक्रमा गर्ने, आजैबाट सञ्चालनमा

  २०७४ कार्तिक ३० गते १५:४३     विकासन्युज

काठमाडौं । आइएमई मोटर्स प्रालिद्धारा नेपाल अधिराज्यकालागि बिक्री वितरण गरिने अशोक लेल्याण्ड ब्राण्डका ३४ सिटे बसले अब चक्रपथ परिक्रमा गर्ने भएको छ । बुढानिलकण्ठ जमल सहिदगेट माइक्रोबस व्यवसायी समितीअन्तर्गतको बुढानिलकण्ठ यातायात प्रालीले अशोक लेल्याण्डका १० थान सुविधा सम्पन्नयुक्त गाडीहरु उक्त रुटमा सञ्चालन गर्ने भएको छ ।

अशोक लेल्याण्डले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै गाडीमा वाइफाई, सीसीटीभी, पब्लिक अनाउन्समेन्ट सिस्टम लगायतविभिन्न सुविधाका साथ साथै उक्त गाडि चक्रपथ परिक्रमा गर्दै बुढानिलकण्ठसम्म सेवाउपलब्ध गराउने संस्थाका अध्यक्ष बाबुराज महर्जनले बताएका छन् । साथै, उनले नेपाल सरकारको मापदण्ड पुरा गरी निकट भविष्यमा रुट नं ५ मा पनि बस सञ्चालनमा ल्याँउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समिती सदस्य भरत बस्नेतले निकट भविष्यमा थप उत्कृष्ट गाडि सञ्चालनमा ल्याँईने बताए ।

बिहीबारबाटै सञ्चालनमा आउने उक्त बसको उद्घाटन मिगमान्न दमाहाराज १०८ स्वामीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.