लक्ष्मी बैंकको दुई नयाँ शाखा कनचनपुरको झलारी र कैलालीको बौनियाँमा

  २०७४ कार्तिक ३० गते १४:४६     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो थप दुई शाखा कनचनपुरको झलारी र कैलालीको बौनियाँमा विस्तार गरेको छ । यी दुई शाखा सहित यस बैंकको शाखा संजाल ७४ पुगेको छ । यस शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

हाल बैंकको ३ हस्पिटल सेवा काउन्टर, ९५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । साथै, आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.