केपी ओलीको घोषणा-वृद्ध भत्ता पाँच हजार

  २०७४ कार्तिक ३० गते १४:३६     विकासन्युज

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले वृद्ध भत्ता पाँच हजार पुर्याउने घोषणा गरेका छन । स्याङजाको पुतलीबजारमा आयोजीत बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी सरकारले वृद्ध भत्ता पाँच हजार पुर्याउने घोषणा गरेका हुन् ।

२०५१ सालको निर्वाचनमा एमालेले जित्यो भने बुढाबुढीलाई काट्छन भनेर काँग्रेसले आरोप लगाएको र एमालेले वृद्ध भत्ताको कार्यक्रम अघि सारेको स्मरण गराउँदै ओलीले भने–उतिबेला कम्युनिष्टले बुढाबुढीलाई काट्छन भन्थे हामीले वृद्ध भत्ता दियौं, मैले मासिक २ हजार पर्याईदिएको छु, बामपन्थीको नयाँ सरकारले पाँच हजार पुर्याइदिन्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.