गुडविल फाइनान्सले १०.७२९ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८० करोड नाघ्ने

  २०७४ कार्तिक ३० गते १३:३६     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीलाई १०.७२९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत असारमा जारी गरेको ६० प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने चुक्ता पुँजीमा सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।

उक्त निर्णय कात्तिक २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई १०.१९२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव राखेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ । १०.१९२ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.