प्राइम लाइफ इन्स्योरेन्सको नाफामा १७९ प्रतिशतले वृद्धि

  २०७४ कार्तिक ३० गते ९:३७     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा राम्रो प्रगति हासिल गरेको छ । कम्पनीले तीन महिनामा ६ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले तीन महिनामा ४६ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ३७ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको थियो । दाबी भुक्तानी पनि गत वर्षको प्रथम त्रैमासमा ७ करोड ८२ लाख रुपैयाँ भएकोमा यस वर्ष ४ करोड ७४ लाख रुपैयाँ मात्र भएको छ ।

आम्दानीमा उच्च वृद्धि र दाबी भुक्तानीमा उच्च गिरावट आउँदा कम्पनीमा नाफामा राम्रो सहयोग मिलेको छ । कम्पनीको व्यवस्थापन खर्च ६ लाख रुपैयाँले मात्र वृद्धि भएको छ ।

चुक्ता पुँजी ६१ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोष ५२ करोड छ भने जगेडा कोषमा ९ करोड र महाविपत्ती कोषमा करिव ८ करोड रुपैयाँ रहेको छ । लामो समय विभिन्न समस्याबाट गुज्रिएको यो कम्पनी पछिल्लो समयमा सहि ट्रयाकमा अगाडि बढेको देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.