हस्तकला व्यापार मेला मंसिर १ देखि ५ गतेसम्म, १० हजार आगन्तुकलाई निःशुल्क प्रवेश

  २०७४ कार्तिक २९ गते २२:२९     विकासन्युज

काठमाडौं । नेपाल हस्तकला महासंघले मंसिर १ देखि ५ गतेसम्म आयोजना गर्न लागेको १५औ हस्तकला व्यापार मेला तथा १३ औै हस्तकला प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।

निर्यातकर्ता, आन्तरिक उपभोक्ता, थोक तथा खुद्रा बिक्रेता र अन्तर्राष्ट्रिय क्षेत्रका उद्यमी, व्यबसायी आयातकर्ता आदिलाई लक्षित गरि यो मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ । मेलामा चीन, जापान, जर्मन, पाकिस्तान, भुटान, भारत, श्रीलंकालगायतका देशहरुबाट ३५ जनाभन्दा बढि विदेशी व्यवसायिक खरिदकर्ता आउने मेला आयोजक समितिको संयोजक हेमरत्न शाक्यले बताए ।


मेलामा झण्डै १ लाख आगन्तुक आउने अनुमानगरिएको छ भने १० करोडभन्दा बढीको कारोवार हुने अपेक्षा आयोजकको छ । व्यापार मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको दर ५० निर्धारण गरिएको छ । त्यसमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियतको व्यवस्था गरिएकोे र वृद्धवृद्धालाई निशुल्क गरिएको महासंघले जनाएको छ । १० हजार मान्छेको लागि टिकट फ्रिको व्यवस्था गरिएको बताइएको छ ।

मेलामा १० वटा प्याभिलियनसहित करिब २०० स्टल रहने छन् । व्यापार मेलामा नेपाल भित्रबाट महासंघका जिल्ला हस्तकला संघहरु, बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध र नेपाल सरकारको गरिबीनिवारण कोष समेतको सहयोगितामा करिव २५ वटा जिल्लाका उद्यमी व्यवसायीहरु सहभागी हुने भएका छन् ।

मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृति करेसा र वाँसका सामानहरुसाथै जडिवुटी, अर्थोडक्स चिया लगायतको बस्तु प्रर्दशनी तथा बिक्रीका लागि राखिने महासंघको निवर्तमान अध्यक्ष तथा मेला आयोजक समितिको संयोजक हेमरत्न शाक्यले जानकारी दिए । नेपाल एकिकृत व्यापार रणनीति भित्र समावेश हस्तकला सँगका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम बताइएको छ ।

व्यापार मेलमा सहभागी भएका फर्म कम्पनीहरुको ब्यवसाय प्रवद्र्धन एवं विकास गर्न मेला अवधिभर बिभिन्न स्वदेशी एवं बिदेशी क्रेताहरु र विक्रेता र्फम कम्पनीहरुबीच मेला स्थलमा क्रेता बिक्रेता वैठक (विटूबी) आयोजना गरिने भएको छ । यसै गरि मेलाको दोस्रो दिन अर्थात मंसिर २ गते अन्नपूर्ण होटलमा पनि विदेशबाट आएका क्रेताहरु र मेलामा सहभागी लगायत महासंघका निकासीकर्ता सदस्य बिक्रेताहरु बीच भेला गराई क्रेता बिक्रेता भेला गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

उत्कृष्टलाई सम्मान

मेलामा रहने प्याभिलियनहरु मध्येबाट उत्कृष्ट हुने एकप्याभिलियन र एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था गरिएको महासंघको अध्यक्ष धर्मराज शाक्यले बताए । त्यस्तै, नवोदित वस्तुको उजागर तथा निर्यात योग्य वस्तु विकास गरी निर्यात प्रवद्र्धनमा सहयोग पु–याउने उद्देश्यबाट उत्कृष्ट वस्तुहरु संकलन गरि ती वस्तुहरुलाई एकै स्थानमा प्रर्दशन गर्ने व्यवस्था मिलाईने छ । यसरी संकलित वस्तुहरुमध्येबाट परम्परामा आधारित समकालिन हस्तकला वस्तु विधा, टेक्सटाईल (होमडेकोर र फेशन एसेसरिज) र गरगहना आदि तीन वर्गीकरण मा परेका वस्तु मध्येबाट उत्कृष्ट एक/एक वस्तुलाई पुरष्कृत गरिने छ ।

यस अवसरमा नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने संयोजक शाक्यले बताए ।

महासंंघले आफ्नौ निकासीकर्ता सदस्यहरु मध्ये ३ जना निकासीकर्ता र गै¥ह निकासीकर्ता सदस्यहरु मध्ये १ जनानिकासीकर्तालाई विषैश सम्मान र उपाहार प्रदान गर्ने योजना बनाएको छ । त्यसैगरि हस्तकला सामाग्री विक्रीको हिसाबले १ करौड भन्दा बढी निकासीगर्ने सदस्यहरुलाई र ५ करौड भन्दा बढी निकासी गरी आय आर्जन गर्ने निकासीकर्तालाई पनि महासंघले सम्मान र उपाहार प्रदान गर्ने कार्यक्रम बनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.