एनआईबिएल क्यापिटलको थप दुई शाखा लगनखेल र पोखरामा

  २०७४ कार्तिक २९ गते १८:१८     विकासन्युज

काठमाडौं । एनआईबिएल क्यापिटल मार्केटस् लि.ले आफ्नो थप दुई शाखा ललितपुरको लगनखेल र पोखराको चिप्लेढुङ्गामा विस्तार गरेको छ । आफ्नो सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका विभिन्न सेवाहरु सजिलै प्रदान गर्न आफ्नो शाखा विस्तार गरेको हो ।

क्यापिटलले बुधबार एक कार्यक्रमकाबीच उक्त दुई शाखाको उद्घाटन गरेको छ । ललितपुर शाखाको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले गरेका हुन् ।

एनआईबिएल क्यापिटलले शाखा कार्यालयहरुबाट पनि सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट उत्कृष्ट सेवा दिने विश्वस्तका साथ शाखा विस्तार गरेको जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैकको सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट्सले प्रथम चरणमा दुई वटा शाखा विस्तार गरेको हो । साथै, यस क्यापिटलले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा समेत शाखा कार्यालयहरु खोलि आफ्ना सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवाहरु सजिलै प्रदान गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.