ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने, कसरी खोल्ने ?

  २०७४ कार्तिक २९ गते १५:५१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले विज्ञान प्रबिधिका नयाँ नयाँ आयामहरुलाई भित्र्याउने क्रममा अनलाइन मार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ । बैंकल विशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाएको हो ।

यस व्यवस्था अन्तर्गत अनलाईन मार्फत जुनसुकै समयमा आफुले चाहेको शाखामा खाता खोल्न सकिनेछ । त्यस्तै, विदेशमा बस्ने नेपालीहरुले अनलाईन मार्फत खाता खोलि इमेल मार्फत खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने उक्त खाता मार्फत सजिल्यैसंग रेमिट्यान्स नेपालमा पठाउन सकिने बैंकले जनाएको छ । यो सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइट www.globalimebank.com मा गई खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सकिनेछ ।

हालसम्म बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ वटा एटीएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

One comment on "ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने, कसरी खोल्ने ?"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.