ज्योति विकास बैंकको नयाँ शाखा हेटौडामा

  २०७४ कार्तिक २९ गते १३:१३     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा मकवानपुर जिल्लाको हेटौडा बजारमा विस्तार गरेको छ । बैंकले उक्त स्थानमा थप शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, बीरगन्जका प्रमुख, निर्देशक रबिन्द्र महर्जनले गरेका थिए । विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले बैंकिङ सेवा क्षेत्रलाई शहरी एवं ग्रामिण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने बताए । साथै, उनले मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिदै आएको बताए ।

हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलब्ध गर्दै आएको छ ।

हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३७ करोड पुगेको छ । गत आवको नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.