बकार्डीद्धारा बकार्डी हाउस पार्टी आयोजना हुँदै, संगीतप्रेमीका लागि लक्षित

  २०७४ कार्तिक २८ गते १७:४१     विकासन्युज

काठमाडौं । बकार्डीले भिनी भिचीको सहकार्यमा मल्ल होटल, काठमाडौंमा बकार्डी हाउस पार्टी आयोजना गर्न लागेको छ । इलेक्ट्रोनिक्स गीत संगीत मनपराउनेहरुका लागि लक्षित गरिएको यस हाउस पार्टीमा लोकप्रिय बकार्डी ड्रिंक्स तथा ककटेलका साथमा झुम्न सक्नेछन् ।

भिनी भिची विगत एक दशक भन्दा बढि समयदेखि इलेक्ट्रोनिक्स संगीत उत्पादन गर्दै आएका चिरपरिचित अभिराम शहाराई र मतन कादोशको नयाँ प्रोजेक्ट हो । उक्त हाउस पार्टी ठिक ५ बजेदेखि शुरु हुनेछ ।

कलाकारहरु बिपीएम, बिकेनट, पुनित, पिप्स, फिन्जोक र र्याबिटले पार्टीमा विशेष संगीताका साथमा आफ्नो कलाकारिता प्रदर्शन गर्नेछन् । यो पार्टीको प्रि–सेल टिकट दुई हजारमा उपलब्ध थियो । यसको टिकट इभो स्टोर (शेर्पा मल),इभो स्टोर(लबिम मल), बेटा हाउस(ठमेल), मोनुमेन्टर पाराडाइज (झोँछे) मा उपलब्ध छ । साथै, अनलाइन www.tktmonkeys.com मार्फत पनि टिकट बुक गर्न सकिने कम्पनीले जनाएको छ ।

बकार्डी भारतमा यस्तो किसिमको कार्यक्रमहरु गर्नका लागि परिचित रहेको छ र अब यसले नेपालमा रमाईलो र क्रेजका साथमा यस्ता कार्यक्रमहरु आयोजना गदै जाने छ । बकार्डीले १७ फेब्रुअरीमा क्लब २५ आवर्समा जुलिया ब्लिसका साथमा बकार्डी हाउस पार्टी आयोजना गरेको थियो भने २४ अप्रिल २०१७ मा राजधानीमा क्लब ओएमजीमा बकार्डी हाउस पार्टी आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.