सिजी मोबाइलको नयाँ मोडल ‘एस्ट्रो टी१८’ नेपाली बजारमा

  २०७४ कार्तिक २८ गते १७:१२     विकासन्युज

काठमाडौं । सिजी मोबाइलस् कम्पनीले आफ्नो नयाँ मोडल एस्ट्रो टी१८ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले हालै भित्र्याएको उक्त मोबाइल धेरै फिचरका साथै सस्तो मूल्यमा पाइने छ ।

ग्राहकको चाहना अनुसार बजारमा ल्याइएको उक्त मोबाइलमा १.८ स्क्रिन, डिजिटल क्यामेरा, एमएम, टर्च लाइट, जीपीआरएस, एमपीथ्री/एमपीफोर, १००० एमएयच ब्याट्री रहेको छ । यसमा ८ जीबी मेमाेरी थप्न सकिने कम्पनीले जनाएको छ ।

यो मोबाइलको थप विशेषता भनेको यसको छेउबाट नै टर्च बाल्न र निभाउनको लागि एउटा छुट्टै बटन रहेको कम्पनीले बताएको छ । यस मोडल नेपाली बजारमा १ हजार ९९ रुपैयाँमा पाइने छ । यो मोबाइल तीन आकर्षक रङ (कालो र निलो, कालो र सुन्तला, कालो र रातो) मा उपलब्ध छन् ।

सिजी मोबाइलस्काे सर्भिस सेन्टरहरु नेपालभर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.