नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, सबै समूह हरिया

  २०७४ कार्तिक २८ गते १५:३५     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । सो दिनको परिसूचक २५.१४ अंकले उकालो लागेर १५१६.०२ अंकमा पुगेको छ ।

बजारमा ७५ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । जुन रकम अघिल्लो दिन(सोमबार)को तुलनामा ४ करोड रुपैयाँ बढी हो । सोमबारको सेयर बजारमा ७१ करोडको सेयर किनबेच भएका थिए ।

त्यस्तै, मंगलबार कारोबारमा आएका १० वटै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११२ अंकले उकालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स ५८, उत्पादनमूलक ५६, हाइड्रोपावर ५५, विकास बैंक २७, बैंकिङ २१ र होटल समूह १० अंकले उकालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८४ रुपैयाँ रहेको छ ।

सो दिन विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । इन्स्योरेन्सले यस वर्ष कत्ति पनि लाभांश नदिने घोषणा गरेपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.