हुन्डाईले नेपाली बजारमा ल्यायो नयाँ कार ‘द नेक्स्ट जेन भर्ना’, मूल्य ४७ लाख रुपैयाँसम्ममा

  २०७४ कार्तिक २७ गते १८:५७     विकासन्युज

काठमाडौं । लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालीले हुन्डाईको ‘द नेक्स्ट जेन भर्ना’ कार नेपाली बजारमा ल्याएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले भर्नाको ५ औँ जेनेरेसनको सेडान कार सार्वजनिक गरेको हो ।

६ वटा रंगमा उपलव्ध यो कारको मूल्य ४२ लाख ९६ हजार देखि ४६ लाख ९६ हजारसम्म रहेको छ । आकर्षक बनौट,अत्याधुनिक विशेषता तथा सुबिधा सम्पन्न भर्नाले नेपालमा एक नयाँ अध्याय लेख्ने विश्वास कम्पनीले लिएको छ ।

भर्ना एक आरामदायी गाडी मात्र नभई उत्कृष्ट बनौट,शानदार प्रदर्शन, अत्याधुनिक प्रविधि, सुरक्षित निर्माणको उत्कृष्ट संगालो रहेको छ । सर्वाधिक रुचाइएको यो गाडीको विश्वभरि करिब ९० लाख ग्राहक रहेको कम्पनीको दाबी छ ।

यो कार सुरक्षाको हिसाबले निकै सुरक्षित रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा निकै रुचाइएको भर्ना १.६ लिटर इन्जिनमा उपलब्ध रहेको छ । यो कार विश्वको ६६ देशमा बिक्री बितरण भइरहेको र हालसम्म ८८ लाख युनिट बिक्री भएको कम्पनीको दाबी छ ।

सेफ्टीको लागि यसमा २ वटा एयरब्याग जडान भएको यसकारमा कोर्निङ ल्याम्प, फ्रन्ट प्रोजेक्टर फग ल्याम्प, एबिएस र उत्कृष्ट अडियो कनेक्टीभिटी रहेको छ ।

१५९१ सिसी इन्जन क्षमताको यस कारले १२३ पिएस पावर र ६४०० आर एमपी जेनेरेट गर्छ । ६ स्पिड म्यानुअर र अटोम्याटिक दुबै भेरिएन्टमा उपलब्ध यो कार नेपाली बजारमा सुहाउँदो रहेको कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.