राष्ट्रपति भण्डारी युएई प्रस्थान, कात्तिक ३० गते स्वदेश फर्किने

  २०७४ कार्तिक २७ गते १६:३८     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि सोमबार अबुधावीतर्फ प्रस्थान गरेकी छिन् ।

राष्ट्रपति भण्डारी युएईको अबुधावीका युवराज तथा त्यहाँका सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा सामेबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।

नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।

यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.